
काठमाडौँ : बितेको २४ घण्टामा देशभर १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी सो संख्यामा संक्रमित पुष्टि भएको हो । बितेको २४ घण्टामा थप २ हजार ९८१ जनाले कोरोना जितेका छन्
पछिल्लो २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ ।