बाँकेमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दाङ राप्ती गाउँपालिका १ का ६५ वर्षीय पुरुषको आज दिउँसो कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सं्रोतयक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

लामो समयदेखि मधुमेहका बिरामी उनमा कातिक १० गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना भएका थिए । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
बाँकेमा आज ३४ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस !