काठमाडौं : बितेको २४ घण्टामा देशभर २ हजार ८२४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ३ हजार ६२० जना संक्रमण मुक्त भएको समेत जानकारी दिए ।

प्रेस ब्रिफिङमा हालसम्म संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर १३ हजार २३ जनाको भएकोमा काठमाडौं उपत्यकामा मात्रै १ हजार ६२२ जनामा पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !