कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो । उहाँहरु दुवै जना होम आइसोलेसनमा हुनुहुन्छ ।

टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमबार १७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !