
काठमाडौँ : बितेको २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको बताए । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८७८ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरश्वर गौतमले काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना गरी उपत्यकामा कुल १ हजार ८७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ।