काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् ।

आज १० हजार ४२३ जनाको पीसीआर भएसँगै हालसम्म कुल पीसीआर परीक्षण संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ । बितको २४ घण्टामा काठमाडौं उपत्यकामा १४१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा ६२५ महिला र ८८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस !