रुपन्देहीमा कोरोना सङ्क्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका—१० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले जानकारी दिनुभयो ।

कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा १८ गते नै उहाँलाई अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो । उहाँमा कुनै दीर्घ रोग थिएन । त्यस्तै भीम अस्पताल, भैरहवामा आज ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका—१२ निवासी उहाँको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । दमबाट ग्रसित उहाँको कात्तिक १३ गते स्वाब परीक्षण गर्दा पोजेटिभ आएपछि सोही दिन नै उहाँलाई अस्पताल भर्ना गरिएको सूचना अधिकारी डा पोखरेलले जानकारी दिनुभयो । रुपन्देहीमा दुईको मृत्युसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !