नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा बङ«गलादेशसित पराजित भएको छ । नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको हो ।
बंगलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालाामा आज भएको खेलमा खेलको १०औँ मिनेटमा बङ्गलादेशका लागि मोहमद नवीन नेवाज जीवनले पहिलो गोल गर्नुभएको थियो । मध्यान्तरपछिको खेलमा खेलको ८०औँ मिनेटमा महबुबुर रहमानले बङ्गलादेशका लागि दोस्रो गोल गर्नुभएको थियो ।

नेपालले मध्यान्तरअघि र त्यसपछिको खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन । नेपालले पहिलो हाफको १७औँ मिनेटमा गोल गर्ने मौका पाएको थियो । नेपालका नययुग श्रेष्ठले गरेको प्रहार गोल पोष्टमा पस्न सकेन । खेलको २५औँ मिनेटमा नेपालका लागि रवि पासवान तथा खेलको २६औँ मिनेटमा अञ्जन विष्टले प्रयास गरे पनि गोल गर्न भने सक्नुभएन ।

यस्तै खेलको ३९औँ मिनेटमा पनि विष्टले नै गोल गर्ने राम्रो मौका पाउनु भएको थियो । खेलको ५६औँ मिनेटमा नेपालका पासवानले गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सक्नुभएन । यसैगरी खेलको ७२औँ मिनेटमा नेपालका भरत खवासले गरेको प्रहार गोलमा परिणत हुन सकेन । नेपाल र बङ्गलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस !