काठमाडौं । विश्वकै सबैभन्दा लामो केवलकार परियोजनाको रुपमा प्रस्ताव गरिएको मुक्तिनाथ केबलकारको डीपीआर तयार भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८०.६ किलोमिटर लामो केवलकार निर्माणका लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शन प्रा.लि. ले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गरेको हो ।

उक्त लगानीको अन्तिम स्वीकृतिका लागि सो कम्पनीले सो डीपीआरलाई लगानी बोर्डमा पेश समेत गरेको छ । २०७५ भदौ २७ गते उक्त परियोजनाको डीपीआर २ वर्षभित्र तयार गर्नेगरी लगानी बोर्ड र सो कम्पनीबीच समझदारी भएको थियो । सो कम्पनीले साढे २ महिना तोकिएको भन्दा साढे २ महिना ढिलो मंसिर १४ गते बोर्डमा उक्त डीपीआर पेश गरेको हो ।

प्रारम्भिक सम्भाव्यता अध्ययनको क्रममा यो केवलकार वीरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथ पुग्नेछ । यो केबलकार विश्वकै सबैभन्दा लामो केवलकार हुनेछ । अहिले विश्वमा सर्वाधिक लामो केवलकार भियतनाममा छ । यसको लम्बाई ७.८९९ किलोमिटर छ । यो परियोजना निर्माण भएमा त्योभन्दा १० गुणा लामो केवलकार बन्नेछ ।

प्रतिक्रिया दिनुहोस !