नेत्र विक्रम चन्द समूहका सेती–महाकाली ब्यूरो सदस्य गणेश ढकाललाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्राप्त सूचनाका आधारमा कैलालीको लम्कीचुहा नगरपालिकास्थित आफ्नै घरबाट उहाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिनु भयो । केही महिनाअघि उक्त समूहका सेती–महाकाली ब्यूरो प्रमुख ओमप्रकाश पुनलाई पनि प्रहरीले पक्राउ गरिएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस !