अमेजनका संस्थापक जेफ बेजोससँग एक महँगो सम्बन्धविच्छेदपछि चर्चित भएकी उनकी पूर्व श्रीमती म्याकेन्जी स्कटले सम्पत्ति दान गर्ने मामिलामा नयाँ रेकर्ड कायम गरेकी छिन् । म्याकेन्जी स्कटले पछिल्लो चार महिनामा ४.२ अर्ब डलर (४ खर्ब ९३ अर्ब रुपैयाँ) को सम्पत्ति ३ सय ८४ संगठनलाई दान दिएकी छिन् । अमेरिकामा कोरोना संक्रमणका कारण महिला, अश्वेत, गरिबीको रेखा मुनी भएका मानिसहरुका लागि मुश्किल स्थिती पैदा भइरहेको छ । यी क्षेत्रमा काम गरिरहेका संगठनलाई म्याकेन्जीले दान दिएकी छिन् ।

म्याकेन्जीले सोसल मिडियामार्फन् कोरोनाभाइरसको कहरलाई अमेरिकीका लागि पहाडै खसेसरह बताएकी छिन् । उनले आफ्नो बयानमा पहिलेदेखि नै समस्यामा भएका अमेरिकी विशेषगरी महिला, अश्वेत र गरिबीको रेखा मुनी भएका मानिसहरुको समस्या बढेको जबकी संसारका अर्बपतिहरुको सम्पत्ति पनि लगातार बढिरहेको बताएकी छिन् । उनका अनुसार यस्तो स्थितीमा धनाढ्यले आफ्नो जिम्मेवारी बुझ्नुपर्ने र अब उनीहरुले समाजलाई फिर्ता दिनुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस !