काठमाडौँ : राजधानीको कार्की ब्याङ्केटमा प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक जारी रहेको छ । । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेलगायत ९ वटा प्रस्ताव पेश भएको छ।

आजै ओली समूहको केन्द्रीय समिति बैठक पनि बसेको थियो । सो बैठकले केन्द्रीय समिति विस्तार गर्नेसहितका विभिन्न निर्णय गरेको छ ।
प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका विभिन्न ९ एजेण्डा तय भएको छ । बैठकका एजेण्डा यस्तो रहेको छः

–आन्तरिक समस्या समाधानबारे प्रस्ताव
–आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन
–अनुशासनको कारवाही
–अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त
– कार्ययोजना र कार्यक्रम
– विरोध कार्यक्रम
संगठनात्मक कार्ययोजना
–कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन
– अन्य समसामयिक प्रस्तावहरु

प्रतिक्रिया दिनुहोस !