काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदको विघटनको प्रस्ताव गरेपछि सुरक्षा कडा पारिएको छ । आजदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको दिशातिर गएपछि राजधानीमा थप सुरक्षा सतर्कता बढाइएको छ । विहानैदेखि सडकमा गस्ती गर्नुको साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टीम चोक चोकमा तैनाथ गरिएको छ । बर्दी सहितको प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ ।

नेकपा भित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत ठूलो संख्यामा प्रहरी खटाइएको छ । भूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादीको विप्लव समूहले समेत प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो ।

प्रतिक्रिया दिनुहोस !