काठमाडौँ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको छ । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । त्यसलाई सर्वसम्मतिले पारित गरेको हो ।
मंगलबार राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो। आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ।

प्रतिक्रिया दिनुहोस !