काठ्माडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन् । मंगलबार साँझ राजधानीको रत्नपार्कदेखि भोटाहिटीसम्म नेविसंघका कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।

जुलुसपछि रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित कोणसभालालई सम्बोधन गर्दै विद्यार्थी नेता कुन्दन काफ्लेले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमको चर्को विरोध गरे । उनले सर्वोच्च अदालले जनताका पक्षमा फैसला गर्ने विश्वासमा आफुहरु रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस !