
काठमाडौं । नेकपा विभाजन भएर कोही सडकमा र कोही सत्तामा भइरदा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष तथा त्यहाँका गृहमन्त्री अमित शाह नेपाल आउने भएका छन् । गृहमन्त्री शाह भोलि एअर इण्डियाको उडानबाट दिउँसो काठमाडा.ै आउने छन् ।
उनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्वपूर्ण मन्त्रीहरूसङ्ग भेट्वार्ता गर्ने र पर्सि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम बनेको श्रोतको बताएको छ । शाहले प्रधानमन्त्री ओलीलाई आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो हस्तान्तरण गर्ने समेत योजना रहेको बताइन्छ ।