
काठमाडौँ : कोरोना भाइरसबाट संक्रमित स्वनामको शुक्रबार साँझ मोडेल अस्पतालमा प्रसिद्ध वामपन्थी चिन्तक एवं पुराना वामपन्थी नेता स्वनाम साथी (शसी शेरचन)को निधन भएको छ। उनको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो। नेपाली वामपन्थी आन्दोलनमा एक सच्चा आदर्शवादी चिन्तक सोनाम साथीले किरण गौतमसँग विवाह गरेका थिए ।
म्याग्दीको अर्मनमा १७ साउन २००७ मा उनको जन्म भएको थियो । उनी नेकपा मसाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी) हुँदै नेकपामा सक्रिय थिए। उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । पछिल्लो पटक उनलाई निमोनिया रोगले च्यापेपछि प्रदर्शनीमार्गस्थिति मोडेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उपचारत रहँदा रहँदै उनको निधन भएको हो ।