
बुटवल । बताएका छन् । प्रचण्ड–माधव समूहले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपाका नेता घनश्याम भुसालले संसद पुनःस्थापना भए अहिलेको पार्टी विभाजन रोकिने बताएका छन् । उनले विश्वका कुनै पनि मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको दाबी गर्दै यहाँ पनि पुनःस्र्थापना हुने विश्वास व्यक्त गरे । उनले भने– ‘अदालतले गर्छ, गरेन भने जनताले सडक आन्दोलनबाट संसद पुनसंस्थापना गरेरै छाड्छन् ।’
उनले भने–‘अहिले ओली समूहमा लागेका मध्ये एकजना पनि ओलीले ठीक गरे भनेर गएका होइनन्, त्यसमध्येमा पनि अधिकांश ब्यक्तिगत कारणले हो । गएका मध्येबाट ओलीले ठीक गरे भन्ने एकजना मलाई देखाइदिनुस् ।’
नेकपाका लुम्बिनी प्रदेश अध्यक्ष ओमसरी घर्तीमगरले संसद विघटनको निर्णयले ५० वर्षदेखिको जनताको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको बताइन् । आफूहरुको पक्षमा केन्द्र, प्रदेश र जिल्लाहरुमा समेत बहुमत पुग्ने भन्दै उनले कार्यकर्ताहरुलाई दोधारमा नपर्न आग्रह गरीन् । लुम्बिनी प्रदेशका विभिन्न ९ ठाउँमा आज प्रचण्ड नेपाल समूहको जिल्ला भएको छ ।