काठमाडौं । संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शन गर्न लागिएको सो पार्टीका संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए ।

काठमाडौँ उपत्यकामा आज विभिन्न ८ स्थानबाट जुलुस निकालिने तयारी भएको छ । नक्साल, बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट निकालिने र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । आजको प्रदर्शनमा उपत्यकामा मात्रै एक लाख मानिस उतार्ने नेकपा नेताहरुले दाबी गरेका छन् । भृकुटीमण्डपमा हुने सभामा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !