काठमाडौँ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । सीता दाहाल पार्किन्सन जस्तो एक जटिल प्रकारको रोगले पीडित छिन् । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

प्रचण्डकी स्वकीय सचिवस रहेकी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्।
‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी,’ उनले फेसबुकमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस !