
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५११ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ५ हजार ११० जनाको पीसीआर परीक्षण भएकोमा लाई कोरोना पोजेटिभ भएको जानकारी दिनुभयो । आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ३१२ जना रहेका छन् । गौतमका अनुसार काठमाडौंमा २२५ भक्तपुरमा ३८ र लतिपुरमा ४९ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ५१ हजार ९१२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६०० जनाले कोरोना जिते । यसैगरी २४ घण्टामा ७ संक्रमितको मृत्यु भएको छ ।