बेरोजगारी खल्तीमा सुको माल छैन
देशमा महामारी, नेतालाई बाल छैन
कुर्सीको लडाईमा वलीको बोको झै
मर्ने त जनता हो, नेताको काल छैन
कसैलाई सुनको थाल सुनकै चम्चा
गरिबको भागमा हलुंगेको थाल छैन
जति नंग्रा खियाएपनि भोक लाग्दा
भाँडामा एकमुठी चामल, दाल छैन
कालो भएको छ रातो रंग रोगनहरू
आजकल लालगेडी पनि लाल छैन
बेरोजगारी खल्तीमा सुको माल छैन
देशमा महामारी, नेतालाई बाल छैन