चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा जर्मनी चान्सलर एङ्गेला मर्केल, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन, यूरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेल र युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग भिडियो मार्फत् बैठक आयोजना गर्नुभएको छ। उहाँहरूले चीन र युरोपबीच लगानी सन्धिसम्बन्धी सम्झौता-वार्ता निर्धारित योजना बमोजिम पूरा भएको घोषणा गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, सन् २०२१ सुरू हुनेछ। विश्वमा दुईटा ठूला शक्ति, बजार र सभ्यता भएका चीन र युरोपले जिम्मेवारीबोध गर्दै विश्वको शान्ति तथा प्रगतिका लागि सहयोगको निर्माता बन्नुपर्छ। दुई पक्षले कुराकानी, विश्वास र सहयोगलाई सबल पार्नुका साथै मतभेदको राम्ररी समाधान गरी नयाँ अवसरको सिर्जना गर्नुपर्छ। महामारी प्रतिरोधी गतिविधिमा समन्वय गर्नु, अर्थतन्त्रको पुनरूत्थानलाई घच्घच्याउनु, विकासको रणनैतिक सम्पर्क गर्नु, हरित विकासलाई तीव्र पार्नु र बहुपक्षीय सहयोगलाई अगाडि बढाउनुपर्ने कुरा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस !