काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मुम्बई जाँदैछन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत जान लागेका हुन् । तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लैजान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई जान लागेका हुन् । सोमबार बिहान ११ बजेको फ्लाइटमार्फत प्रचण्ड श्रीमती सितालाई लिएर मुम्बई जान लागेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ । जारी नेकपा स्थायी समितिको बैठक भने आज अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस !