
कालिकोट-कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं ९ लालुबाट ठूलो परिमाणमा खरखजानासहित विप्लव समुहका २ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी निरिक्षक तथा अप्रेसन अफिसर विक्रम शाही र सशस्त्रका सहायक प्रहरी निरिक्षक दिपेन्द्र सेट्टीको नेतृत्वमा खटिएको टोलीले लुकाई छिपाई राखेको विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो ।हतियार बम बनाउने समानसहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएका छ।