काठमाडौं — काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मै प्रदुषित भएको पाइएको छ । मङ्गलबार वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ । आईक्यूएयरका अनुसार नेपालको वायु प्रदूषणको तह ४८८ पुगेको जनाए पनि वातावरण विभागले काठमाडौँ उपत्यकाको मङ्गलबार वायुप्रदूषण अहिलेसम्मकै बढी भए पनि सूचाकाङ्क ३०० पुगेको वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागका उप—महानिर्देशका इन्दु विक्रम जोशीले बताए । बातावरण मन्त्रालयले घरभित्र बस्दा ढोका बन्दा गरेर, मास्क लगाएर बस्न सुझाव दिएको छ । प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्नसमेत आग्रह गरेको छ ।
अघिल्ला वर्षहरुमा यही समयमा वायु गुणस्तर सूचाकाङ्क १९० मा सिमित हुने थियो । यसवर्ष ह्वात्तै वायुप्रदुषण बढेकाले स्वास्थ्यमा गम्भिर असर पार्न सक्ने उनले सुनाए । काठमाडौँ उपत्यका भएकाले यहाँ भित्र भएका प्रदूषित वायु तल्लो तहबाट वायुमण्डलको उपल्लो तहमा उड्न नपाएकाले उपत्यकाको वातावरण प्रदूषित भएको उप—महानिर्देश जोशी बताउँछन् ।

उपत्यकामा सबैभन्दा बढि वायुप्रदुषण यातायातको साधनले बनाउने भएकाले अनावश्यक रुपमा सवारी साधन नचलाउन समेत उनले आग्रह गरे । वायुप्रदूषण ह्वात्तै बढाउने कारक तत्वमध्ये उपत्यकाका इँटा उद्योग, सवारी तथा कलकारखानाबाट निस्किएको धुवाले वातावरणलाई दूषित बनाएको उनले सुनाए । जाडो याममा इँटा उद्योगहरुले इँटा पोल्ने गर्छन् । काठमाडौँ उपत्यकाको प्रदूषित वातावरणमा यात्रा गर्दा मास्कको अनिवार्य प्रयोग, चस्माको प्रयोग गर्न समेत उप महानिर्देशक जोशीको आग्रह छ । उपत्यकाको प्रदूषणमय वातावरण विहीबारसम्म विस्तारै घट्दै जाने उप—महानिर्देशक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस !