काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति अहिले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु पुगेको छ । पर्यटकीय क्षेत्रमा पुगेको पत्रकार महासंघको टोलीले भोलि विहान बैठकको आयोजना गर्ने र बैठकले अगामि अधिबेशन सम्पन्न गर्न महत्वपूर्ण निर्णय लिने थाहा भएको छ ।

नेपाल पत्रकार महासंघले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चुनिने विधानमा व्यवस्था गरिएकोले आउदो अधिवेशन फरक ढंगको हुने अड्कल काटिएको छ । यो पटक विधानमा व्यवस्था भएअनुसार केन्द्र, प्रदेश र जिल्लाको एकैचोटी अधिवेशन हुनेछ । संभवतः हेलम्बु बैठकले तिनै तहको अधिवेशनको मिति तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस !