काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको मिस मंगोल जाङ्मु शेर्पासित विवाह हुने भएको छ । तर विवाह हुनभन्दा अघि नै यो विवाहमाथि कानुनी प्रश्न तेर्सिएको छ । शेरधन माघ ११ गते मिस मङ्गोल शेर्पा २०१८ बिजेता २० बर्षीय जाङ्मु शेर्पासङ्ग बिबाह बन्धनमा बाँधिन लागेका खबर सार्वजनिक भएको छ । राई ५० बर्षका भए भने दुलही २० बर्षकी भइन् ।

मुख्यमन्त्री राई र ज्याङ्मुको उमेर ३० वर्षको अन्तर छ । कानुनतः यस्तो अनमेल विवाह वर्जित छ । ज्याङ्मु र मुख्यमन्त्री राई करिब एक वर्षयता प्रेममा थिए ।
मुख्यमन्त्री राईको घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छिन् । उनका बाबु–आमा भने अमेरिकामा छन् । उनीहरुको विवाहबारे दुवैजनाका आफन्त र साथीभाइहरुबाट सामाजिक संञ्जालमा बधाई तथा शुभकामना दिइएको छ ।

प्रतिक्रिया दिनुहोस !