काठमाडौं । आज प्रेस संगठन नेपालले ओली सरकारको प्रतिगमनका विरुद्ध सडकमा उत्रेर विरोध जनाउने भएको छ । प्रेस संगठन नेपालका पत्रकार मात्र नभइ प्रतिगमनका विरुद्ध कलम चलाउने सबै श्रमजीवी पत्रकारहरु आज प्रर्दशनी मार्गमा भेला भएर प्रतिगमन विरुद्ध नारा लगाउने छन् । त्यसपछि जुलुस लगाउदै प्रज्ञाभवन कमलादीमा पुगेर दोस्रो राष्टिय भेला गर्ने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले समावेशीलाई बताए ।

प्रज्ञाभवनको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्वोधन गर्ने कार्यक्रम रहेको थाहा भएको छ । दोस्रो राष्टिय भेलापछि देशव्यापी कार्यक्रम गर्ने प्रेस संगठनका एक सदस्यले जानकारी दिए । यो भेलाको पूर्ण प्रेस स्वतन्त्रता रक्षाको निम्ति प्रेस संगठन नेपालको आव्हान, प्रतिगमन विरुद्ध सञ्चारकर्मीहरुको सामूहिक अभियान भन्ने नारा पनि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !