काठमाडौं : बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै बाइडेनले आजको दिन लोकतन्त्र दिन भएको बताए । उनले आजको दिन अमेरिकाको दिन भएको बताउँदै यो इतिहास र आशाको दिन भएको बताए । बाइडेनले भने– ‘अमेरिकाको धेरै पटक परीक्षा भएको छ र यो निकै चूनौतिहरुका साथ उभिएको छ । आज हामी एक जना उम्मेद्वारको जित मनाउन होइन, प्रजातन्त्रको जित मनाइरहेका छौं ।’ ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए ।
उनले भने, ‘यो अमेरिकाको दिन हो । यो लोकतन्त्रको दिन हो । यो आशाको दिन हो । आज हामी कुनै उम्मेदवारको खुसीयाली मनाउन जुटेका होइनौं, हामी लोकतन्त्रका लागि जुटेका हौं । हामीले फेरि एकपटक बुुझेका छौं कि लोकतन्त्र अमूल्य छ र नाजुक पनि छ, तर लोकतन्त्र यहाँ कायम छ ।’
आफ्नो सम्बोधनमा बाइडेनले ट्रम्पको नाम लिएनन्, तर धन्यवाद् भने दिए । ट्रम्पले बाइडेनको सपथ समारोह बहिस्कार गरेका थिए । जबकी, पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्युु बुुस र बाराक ओबामा भने सहभागी थिए । ‘म दुुबै दलका पूर्व राष्ट्रपतिहरुलाई धन्यवाद दिन चाहन्छु । ती राष्ट्रपतिलाई पनि सलाम, जो यहाँ आएनन्, तर उनलाई अमेरिकाको सेवा गर्ने मौका मिल्यो ।’
उनले संसद् भवन आक्रमणको घटनाबारे पनि बोले । ‘केही दिनअघि यहाँ भएको हिंसाले सबैलाई हल्लाइदिएको थियो, जबकी दुुई सय वर्षदेखि सत्ताको शान्तिपूर्ण हस्तान्तरण भइरहेको थियो,’ उनले भने । एजेन्सी