जलालाबाद : अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिवीरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन् । तालिबान लडाकू समूहले विस्फोटनपदार्थले भरिएको गाडी उक्त शिवीरभित्र लगेर विस्फोट गराएका थिए । यसैबीच तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको दाबी गरेका छन् ।

प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ । सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन् ।

गत वर्ष वासिङ्टनसँग गरेको सम्झौता अनुरुप प्रतिवद्धता तालिबानले नगरेको पेन्टागनले भनाई आएको दुई दिनपछि यो आक्रमण भएको छ । सो सम्भौतामा वाशिङ्टनले तालिबान लडाकू समूहले हिंसाहत्या नगर्ने र अल कायदा आतङ्ककारी समूहसँग रहदै आएको तालिबानको सम्बन्ध बिच्छेद हुनु पर्ने शर्त रहेको थियो ।
सैन्य शिवीरमा भएको यस आत्मघाती आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिएका नान्गार्हारमा गभर्नरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
तर नान्गार्हार प्रान्तीय काउन्सिलका उपप्रमुख आज्माल ओमारले भने यस आक्रमणमा परी १५ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका बताउनु भएको छ ।
जलालाबाद शहरनजिकै विस्फोटक पदार्थले भरिएको अर्को गाडी कब्जा गरिएका प्रान्तीय गभर्नरका कार्यालयले जानकारी दिएको छ ।
केही समययता नान्गार्हार प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले कैयौ घातक आक्रमणहरू गरेका छ्न् ।
यसैबीच शनिबार नै राजधानी शहर काबुलमा सडक किनारमा राखिएका दुईवटा बम विस्फोट भएका छन् । तर यस विस्फेटामा परी कोही पनि हताहत भएका समाचारमा जनाइएको छैन् । (रासस ÷एएफपी)

प्रतिक्रिया दिनुहोस !