
काठमाडौँ : पार्टीको आधिकारिकता र चुनाव चिन्ह दावी गर्दै नेकपा (बहुमत)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले रित पुर्याएर दाबी गर्न आयोग जाने निर्णय गरेअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरू आयोगको कार्यालय पुगेका हुन् ।
सुरुमा दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अद्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर, आयोगले ११ माघमा दुवै पक्षको आग्रह अस्वीकार गरेपछि प्रचण्ड-नेपाल दफा ४४ अनुसार आधिकारिकता दाबी गर्न गएका हुन् । दलसम्बन्धी ऐनको दफा ४३ र ४४ मा दलको नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी र केन्द्रीय समितिको निर्णयसम्बन्धी उठेका विवाद निरुपणसम्बन्धी व्यवस्था छ ।
नाम, चिह्न वा केन्द्रीय समितिको आधिकारिकतासम्बन्धी विवादको निरुपण कसरी हुन्छ रु दफा ४४ को उपदफा ९१० देखि ९७० सम्मका प्रक्रिया छन् । पुस ६ गते बसेको बहुमत (प्रचण्ड-माधव) पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्षमा मनोनयन गरेको थियो । ओली पक्षले पनि प्रचण्डको कार्यकारी अधिकार खोस्नुका साथै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको थियो ।