काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमहड्तालको क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् । प्रहरीले कोटेश्वर चोकबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले आज गरेको नेपाल बन्दलाई सहयोग पुर्‍याएको शंकाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कोटेश्वर चोकमा हिँडिरहेका मान्छेलाई समातेर प्रहरीले जवर्रजस्ती गाडीमा राखिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस !