पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै साँझ माइतीघरमा दीप प्रज्ज्वलन गर्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले खुसियाली मनाएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षधरहरु सडकमा निस्किएर खुसियाली मनाएका छन् । सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुले सडकमा निस्किएर खुसियाली मनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस !