
टोकियो । जापानमा रहेका गैर आवशीय नेपालीद्धारा जापानमा यही अप्रिल १ देखि टोकियो र चिवाको बीचमा पर्ने koiwa station नजिकै हिमालयन इन्टरनेसनल एकाडमी नामको नयाँ स्कुल सञ्चालनमा आएको छ । जापान सरकार र नेपाल सरकारद्धारा मान्यता प्राप्त सो स्कुलमा विद्यार्थीको लागि यातायतको समेत व्यवस्था छ ।
शैक्षिक उन्नतिको लागि मात्र नभई विद्यार्थीको रुचि अनुसार अतिरिक्त क्रियाकलाप समेत संलग्न हिमालय एकाडमीमा नर्सरी देखि कक्षा ४ सम्मको लागि भर्ना समेत खोलिएको विद्यालय संचालक समितिले बताएको छ । दक्ष नेपाली तथा विदेशी शिक्षकहरुद्धारा अध्यायपन गराइने हिमालयन इन्टरनेशनल एकाडमीमा हरेक वर्ष कक्षा थपिदै जाने बताइएको छ ।