काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत्र २५ गते गर्ने निर्णय भएको छ । गत फागुन ४ र ५ गते काठमाडौंमा २६ औं महाधिवेशनको सम्पन्न भइसकेको छ । महाधिवेशनबाट प्रतिवेदन, आर्थिक प्रतिवेदन र रणनीतिक दृष्टिकोण पत्र पारित भइसकेको छ ।

महाधिवेशन भएको एक महिनाभित्र केन्द्रीय समितिको निर्वाचन हुने नयाँ विधानमा व्यवस्था भए अनुसार २५ गते चुनाव हुने तय भएको हो । महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार यही चैत्र ७ गते निर्वाचन कमिटिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । नयाँ विधान अनुसार नेपाल पत्रकार महासंघको आगामि चुनाव खुल्ला निर्वाचन प्रणाली मार्फत गरिनेछ । केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको निर्वाचन एकै चोटी हुनेछ र हरेक सदस्यले केन्द्र, प्रदेश र जिल्ला समिति चुन्नेछन् ।

प्रतिक्रिया दिनुहोस !