
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्ष पोखरेलले निर्मला शर्मालाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गरेका छन् ।
महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई पराजित गरेकी हुन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोखरेल समूहका उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा पनि पोखरेल प्यानलका रोशन पुरीले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरेका छन् । यस्तै खुला सचिवमा पनि पोखरेल प्यानलकै गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् भने शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई पराजित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् ।
आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल प्यानलका हुन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् । सदस्यहरूमा अधिकांश पोखरेल प्यानलकै निर्वाचित भएका छन् । महासंघमा ओली समूह निकट प्रेस चौतारीको एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।
कसले कति मत पाए ?
पद उम्मेदवार गठबन्धन मत परिणम
अध्यक्ष
विपुल पोखरेल युनियन-संगठनसहित ११ संघ ६९४२ विजयी
निर्मला शर्मा चौतारी (ओली समूह) सहित ९ संघ ३९१५
गजेन्द्र बुढाथोकी ४९१
रामप्रसाद दाहाल १५६
वरिष्ठउपाध्यक्ष
रमेश विष्ट युनियन-संगठनसहित ११ संघ ६७४१ विजयी
माधव नेपाल चौतारी (ओली समूह) सहित ९ संघ ३७८१
रामजी दाहाल ६०५
उपाध्यक्ष- महिला
बाला अधिकारी युनियन-संगठनसहित ११ संघ ७२२६ विजयी
दाना के.सी. (सुवेदी) चौतारी (ओली समूह) सहित ९ संघ ३५२८
उपाध्यक्ष-समावेशी
उदय जीएम युनियन-संगठनसहित ११ संघ ६११७ विजयी
अवधेश झा चौतारी (ओली समूह)सहित ९ संघ ३५६१
मोहनकुमार सिंह ९८१
महासचिव
रोशन पुरी युनियन-संगठनसहित ११ संघ ६२४२ विजयी
बालकृष्ण बस्नेत चौतारी (ओली समूह) सहित ९ संघ ३८६०
सुबोध गौतम ८९९
सचिव खुला
गोविन्द चौलागाई युनियन-संगठनसहित ११ संघ ६१७१ विजयी
रामकृष्ण ज्ञवाली चौतारी (ओली समूह) सहित ९ संघ ३०२१
जन्मदेव जैसी ११२७
यम विरही ७५७
सचिव- महिला
सृजना अर्याल युनियन-संगठनसहित ११ संघ ६५८० विजयी
निमा काफ्ले चौतारी (ओली समूह) सहित ९ संघ ४०८९
सचिव (आदिवासी जनजाति)
नारायण सुन्दर किलम्बु युनियन-संगठनसहित ११ संघ ६३०० विजयी
रामकुमार श्रेष्ठ चौतारी (ओली समूह) सहित ९ संघ १११३
शाहीमान राई ३२८९
सचिव (मधेशी)
दीपेन्द्र चौहान युनियन-संगठनसहित ११ संघ ५६९६ विजयी
स्वेता सिन्हा चौतारी (ओली समूह) सहित ९ संघ ४४६१
देवकुमार यादव ६४७
सचिव (दलित)
हेमकर्ण वि.क युनियन-संगठनसहित ११ संघ ५९५८ विजयी
मधु शाही चौतारी (ओली समूह) सहित ९ संघ ४६४६
सचिव (एसोसिएट)
पवन आचार्य युनियन-संगठनसहित ११ संघ ५७३५ विजयी
रामेश्वर कार्की चौतारी (ओली समूह) सहित ९ संघ २८००
केशवराज खनाल ५८०
राधेश्याम दाहाल ३४९
विजय देवकोटा २५७
कोषाध्यक्ष
कलेन्द्र सेजुवाल युनियन-संगठनसहित ११ संघ ५६७८ विजयी
कृष्ण गिरी चौतारी (ओली समूह) सहित ९ संघ ३२७८
माधव दुलाल १००८
प्रकाश थापा ६१८
लेखा समिति संयोजक लेखनाथ न्यौपाने युनियन-संगठनसहित ११ संघ ५६८८ विजयी
द्धारिका काफ्ले चौतारी (ओली समूह) सहित ९ संघ ३१९१
लक्ष्मण कार्की १७१४