चितवन: चितवनका दुईवटा अस्पतालमा १८ घण्टामा आठजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार मध्याह्न ३ः३० देखि बुधबार बिहान ९ः२६ बजेसम्म आठ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये पाँचजना ४० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् ।

चितवन मेडिकल कलेजमा चार र भरतपुर अस्पतालमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश ५० वर्ष मुनिका रहेका छन् । चितवन मेडिकल कलेजका सूचना अधिकारी डा किशोर अधिकारीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४२ वर्षीय पुरुष, रुपन्देहीकै शुद्धोधन नगरपालिकाका ४२ वर्षीय पुरुष, नवलपपरासीको गैँडाकोट नगरपालिकाका ५८ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ५८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मृत्यु भएकाहरुमा कोभिडबाहेक अन्य जटिल समस्या नरहेको अधिकारीले जानकारी दिनुभयो ।

यस्तै भरतपुर अस्पतालका मेडिकल रेकर्डर नारायण रिजालका अनुसार भरतपुर–४ का ६२ वर्षीय पुरुष र बुटवलका ४० वर्षीय पुरुषको मङ्गलबार दिउँसो, साँझ मकवानपुरको हेटौँडा नगरपालिकाका ४३ वर्षीय पुरुषको र आज बिहान भरतपुर महानगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । –

प्रतिक्रिया दिनुहोस !