काठमाडौँ : नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथिको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । उहाँका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

यता वरिष्ठ नेता नेपाल पक्षले सांसद पदबाट राजीनामा गर्ने अन्तिम तयारी गरेको छ । नेता नेपालले आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र टिकाराम भट्टराईसँग कानुनी परामर्श थालेका छन् ।

प्रतिक्रिया दिनुहोस !