
काठमाडौँ : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । छिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । सो अवधिमा १९ हजार ४ सय ७४ पीसीआर तथा ७ सय ७१ जनामा एन्टिजेन गरी २० हजार २ सय ४५ जनामा परीक्षण गरिएको थियो । आज नेपालमा ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् ।
यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो । पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ।