काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना रहेको पनि प्रवक्ता डा गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !