काठमाडौँ : संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको प्रस्ताव लिएर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १ सय ४९ जना सांसदको हस्ताक्षरसहित शीतल निवास प्रस्थान गर्नुभएको छ ।

स्रोतका अनुसार काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत सबै दलका गरी १ सय ४९ जना सांसदको हस्ताक्षर बोकेर देउवा जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस !