काठमाडौं : उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ । मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।

किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । ‘अब साग–सब्जी पसल मात्र खोल्न पाइन्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने–‘कोभिड–१९ को चेन ब्रेक गर्नका लागी यो निर्णय लिएका हौं ।’

प्रतिक्रिया दिनुहोस !