
काठमाडौं : पछिल्लो २४ घण्टामा देशमा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ । यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् ।