काठमाडौँ : विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराइएको थियो । दैनिक पाँच लाख खर्च लाग्ने प्रविधि हो यो ।

नागरिक जागरणका प्रतीक तथा वैकल्पिक राजनीतिकका अभियन्ता उज्वल थापाको स्वस्थ्यलाई लिएर देश विदेशबाट चिन्ता लिइएको थियो । उनी युवापुस्तामा निकै लोकप्रिय थिए । असहमतिका मुद्धाको विरोध फरक किसिमले गर्नुपर्छ, तोडफोड, नाराजुलुसको परम्परालाई बदल्नुपर्छ भन्दै उनी प्लेकार्ड बोकेर आन्दोलनमा उत्रन्थे । बन्दको विरोध गर्दै उनी ०६८ सालतिर नेपाल खुल्लै छ भन्ने अभियान समेत उनले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस !