काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ, ६०८५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !