काठमाडौँ : कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ । थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराइएको थियो । याे एकदमै महङ्गो प्रविधि हो ।

साथै नेपाल मेडिसिटी अस्पतालले पनि थापालाई ५ बजेर २९ मिनेटमा मृत घोषित गरेको छ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको अन्तिम स्वास्थ्य अवस्था चिकित्सकहरुले घोषणा गरेका छन् ।

नागरिक जागरणका प्रतीक तथा वैकल्पिक राजनीतिकका अभियन्ता उज्वल थापाको स्वस्थ्यलाई लिएर देश विदेशबाट चिन्ता लिइएको थियो । उनी युवापुस्तामा निकै लोकप्रिय थिए । असहमतिका मुद्धाको विरोध फरक किसिमले गर्नुपर्छ, तोडफोड, नाराजुलुसको परम्परालाई बदल्नुपर्छ भन्दै उनी प्लेकार्ड बोकेर आन्दोलनमा उत्रन्थे । बन्दको विरोध गर्दै उनी ०६८ सालतिर नेपाल खुल्लै छ भन्ने अभियान समेत उनले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस !