काठमाडौं । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९५१ जना संक्रमणमुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमणका कारण ९२ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।