
काठमाडौं । पछिल्लो २४ घण्टामा ५१५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । यही अवधिमा ६ हजार ५७० जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । नेपालमा निको हुने दर बढेर ८४.७ प्रतिशत पुगेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।