नैनकला थापा एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् । २०५२ सालबाट माओवादीले सुरु गरेको जनयुद्धमा बादल भूमिगत भएपनि नैनकला थापा भने नारायणी मावि भरतपुरमा अंगे्रजी शिक्षिका हुनुहून्थ्यो । पछि बादल पार्टीको कार्वाही परेपछि भने नैनकला पनि भूमिगत हुनुभयो । राजनीतिमा राम्रो ज्ञान भएकी नैनकला थापासंग अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा रहेर पनि काम गरेको अनुभव छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनले महिला आयोगको अध्यक्ष हुनुभयो । बादलसँग उनको २०४० सालमा बिवाह भएको हो । बादल एमाले प्रवेशसँगै उनले एमाले नेतृत्वको कामचलाउ सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नुभयो।

प्रतिक्रिया दिनुहोस !